मेयरको उम्मेदवार बनेसँगै वीरेन्द्रनगरकी उपमेयर ढकालले दिइन् राजीनामा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल (भण्डारी)ले पदबाट राजीनामा दिएकी छन् । मेयरका लागि उम्मेदवार बनेसँगै उनले आइतबार मेयर देवकुमार सुवेदी समक्ष राजीनामा पेश गरेकी हुन् ।
राजीनामा घोषणा गरेसँगै उनले पाँच बर्षको अवधिमा वीरेन्द्रनगरको विकास र उन्नतीका लागि साझा मुद्दामा एक भएको बताइन् । उनी पाँच बर्षको अवधिमा कुनै विवाद र झमेलामा परिनन् । सुर्खेतमा मात्र नभई समग्र कर्णालीका महिला नेतामा अब्बल नेताकारुपमा आफुलाई स्थापित गराउँदै आएकी ढकालले कार्यकालको केही समय कार्यवाहक नगरप्रमुख भएर पनि काम गरेको अनुभव सुनाउँछिन् । ढकाल नेकपा एमालेको सुर्खेत जिल्ला सह–इञ्चार्ज समेत हुन् ।
साथै उनले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा मेयर जित्ने दाबी समेत गर्छिन् । उनले ०७४ मा १६ हजार ६८ मत ल्याएकी थिइन् । उनको बराबरको मत मेयरका जितेका नेपाली काँग्रेसका देवकुमार सुवेदीले ल्याएन सकेनन् । सुवेदीले १४ हजार ४०५ मत ल्याएका थिए । उपप्रमुख ढकालले आफुले प्रयोग गर्दै आएको गाडी र मोबाइलको सिम पनि नगरपालिकालाई बुझाएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?