ललितपुरमा काँग्रेस–माओवादीले ‘वाइपास’ गरेपछि समाजवादीले छुट्टै मेयर-उपमेयर उठाउने
ललितपुरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी अलग भएको छ । स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्ने क्रममा काँग्रेस र माओवादी केन्द्रले मात्रै भागबण्डा गरेपछि नेकपा समाजवादी गठबन्धनबाट अलग हुँदै ललितपुर महानगरको मेयर उपमेयरसहितका स्थानीय तहमा छुट्टै उम्मेदवार उठाउने तयारीमा लागेको हो ।
पाँच दलीय गठबन्धनको बागमतीस्तरीय संयन्त्रले जिल्लाका कुनैपनि स्थानीय तहमा प्रमुख र उपप्रमुख नदिएपछि आफ्नो पार्टीले छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले बताए । समाजवादीले ललितपुर महानगरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा वज्राचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने अन्य स्थानीय तहका उम्मेदवारबारे पार्टीमा छलफल भइरहेको जनाएको छ ।
ललितपुरका एक महानगरसहित ६ स्थानीय तह छन् । यसअघि आइतबारै काँग्रेस र माओवादी केन्द्रले जिल्लाका स्थानीय तह दुई पार्टीलाई भागबण्डा गरेर उम्मेदवारी दिने निर्णय गरेका थिए । काँग्रेस र माओवादीको सहमतिअनुसार गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस, महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र तथा उपप्रमुखमा काँग्रेस, कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार उठाउने सहमति छ ।
त्यसैगरी बागमती गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र,महाँकाल गाउँपालिकाको अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रका भागमा पारिएको छ । ललितपुर महानगरपालिकामा मेयर काँग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने गरी पहिले नै निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण