जनकपुरधामको प्रमुखमा ८ जनाको उम्मेदवारी मनोनयन
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको उम्मेदवारी मनोनयनको पहिलो दिन मेयरमा ८ जनासहित १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
दुई राजनीतिक दल र स्वतन्त्र गरी आठ जनाको मेयर पदमा उम्मेदवारी परेको छ । यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले बताए । मनोनयन दर्ता गर्नेमा जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डल रहेका छन् । यस्तै स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतो छन् ।
यस्तै उपप्रमुखमा जनमत पार्टीबाट सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अन्य ११६ जनाले वडाअध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राप्रपा, राप्रपा नेपाललगायतले सोमबार दर्ता गराउने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण