सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ७ जनाद्वारा मनोनयन दर्ता

आइतबार, ११ वैशाख २०७९, १८ : ४१
आइतबार, ११ वैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले मनोनयन दर्ता गराएका हुन् ।

हेटौंडाको मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सृजना बतौला र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी स्वतन्त्रबाट हेटौंडाको मेयर पदका लागि लिला कुमारी आचार्य र देव राज पौडेलले मनोनयन दर्ता गराएका छन् । यता हेटौंडाको उपमेयर पदका लागि भने २ जनाले मात्र मनोनयन दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै हेटौंडाका ५ वटा वडाको वडा अध्यक्ष पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । हेटौंडा–१ को वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट नन्दरत्न स्थापितले मनोनयन गरेका छन् भने हेटौंडा–५ को वडा अध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टीका दिपेन्द्र श्रेष्ठले मनानयन दर्ता गराएका छन् । हेटौंडा–१९ को वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट २ जनाले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्ष पदका लागि रमेश पौडेल र रत्नबहादुर भ्लोनले मनोनयन गराएका छन् । हेटौंडा–१८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट युवराज खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

हेटौंडा–१७ को वडा अध्यक्ष पदका लागि नेपाल विवेकशील पार्टीका कृष्णदेव भण्डारीले मनोनयन दर्ता गराएका छन् । उनले सदस्यहरुसहित मनोनयन दर्ता गराएका हुन् । उनको टिममा सदस्यमा रविन सञ्जेल, सुरज थोकर, महिला सदस्य पदमा रविना बर्तौला पुजारी र दलित महिला सदस्यमा कमला विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप