आइतबार, २५ कात्तिक २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति पार्टीको सङ्कल्प : मल कारखानादेखि ‘एक वडा एक खेल मैदान’ सम्म

आइतबार, ११ वैशाख २०७९, १८ : २७
आइतबार, ११ वैशाख २०७९

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले संकल्प सार्वजनिक गर्दै सीपमूलक प्राङ्गाणिक मल उद्योगको स्थापनासँगै साना उद्योगलाई प्राथमिकता दिने भएको छ । उद्योग अन्तर्गत महिला, युवा उद्यमीलाई प्राथमिकता उत्पापदित सामानको बजारको व्यवस्थापन पनि गर्ने भएको छ । साथै, प्लास्टिक मुक्त गाउँ सहर बनाउने उसले प्रतिवद्धता गरेको छ । एक गाउँपालिकामा कम्तिमा ३ सय जना रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ । शिक्षा, स्वास्थ्य सतप्रतिशत निःशुल्कको साथै “एक वडा एक खेल मैदान’को नारा दिदैं उसले विभिन्न वाचा गरेको छ ।

यस्ता छन् संकल्प
१.    हामी स्वागतद्वारको नाममा अनावश्यक खर्च गर्नेछैनौँ ।
२.    हामी भ्यू–टावर बनाउने छैनौं ।
३.    अनावश्यक कल्भर्ट, निर्माणमा ध्यान दिने छैनौं ।
४.    हामी विकास बजेट खर्चेर सभाहल, भवन बनाउने छैनौं ।
५.    हाम्रो जोड शिक्षा, स्वास्थ्य, जन सरोकार, शान्त दुव्र्यसनमुक्त समाजमा रहनेछ ।
पार्टीका जनप्रतिनिधिले यी कार्य गर्ने छैनन्
(क)    कृषि जमीनको खण्डीकरण
(ख)    सार्वजनिक सम्पत्तिको दोहन
(ग)    ठेक्कापट्टाबाट लाभ
(घ)    धार्मिक क्षेत्रमा लगानी
(ङ)    राजनैतिक विभेद
के छ अन्य योजना ?
१.    पार्टी विजय भएको पालिकामा कुनै पनि कार्य विचौलिया मार्फत काम गर्ने छैन ।
२.    कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत विक्री वितरण गर्ने व्यवस्था गर्नेछ ।
३.    विकास निर्माणका कार्यहरु उपभोक्ता मार्फत गर्ने व्यवस्था मिलाउने छ ।
ढकिया चुनाव चिन्ह रहेको पार्टीले “अबको भविष्य युवाको हातमा र ज्येष्ठ नागरिकको जीवन सुरक्षा हाम्रो काँधमा” भन्ने संकल्प पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप