आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

१८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

आइतबार, ११ वैशाख २०७९, १८ : २५
आइतबार, ११ वैशाख २०७९

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै २८ दिने र ९१ दिन गरी गरी दुई किसिमको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । 

ट्रेजरी बिलका लागि भने सोमबार दिउँसो ३ बजेसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । 

सार्वजनिक बोलकबोल मार्फत बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धात्मक प्रणाली मार्फत वितरण गरिने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप