विराटनगरमा ३ प्रमुख र १८ वडाअध्यक्षसहित ५६ को उम्मेदवारी दर्ता
![विराटनगरमा ३ प्रमुख र १८ वडाअध्यक्षसहित ५६ को उम्मेदवारी दर्ता](https://rpcdn.ratopati.com/media/albums/election-local-level-sthaniya-taha_NJiw0oJaw1.jpg)
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र २ र जनमत पार्टीका १ जना गरी ३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै १८ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्य सदस्यहरुसहित उम्मेदवारी दर्ता गराउनेको संख्या ५६ पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डलले प्रमुखमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादव र स्थानीय सक्रिय गौतमले पनि स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । ५६ जना मध्ये १८ जना वडाध्यक्ष र ३५ जना वडा सदस्यमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा सद्भावना पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पार्टी, विवेकशील साझा पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ जनाले भने स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना
-
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज
-
रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
-
१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा
-
मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव