सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विराटनगरमा ३ प्रमुख र १८ वडाअध्यक्षसहित ५६ को उम्मेदवारी दर्ता

आइतबार, ११ वैशाख २०७९, १८ : २१
आइतबार, ११ वैशाख २०७९

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र २ र जनमत पार्टीका १ जना गरी ३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै १८ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्य सदस्यहरुसहित उम्मेदवारी दर्ता गराउनेको संख्या ५६ पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डलले प्रमुखमा मनोनयन दर्ता गराएका छन् । 

यस्तै जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादव र स्थानीय सक्रिय गौतमले पनि स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । ५६ जना मध्ये १८ जना वडाध्यक्ष र ३५ जना वडा सदस्यमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा सद्भावना पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पार्टी, विवेकशील साझा पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ जनाले भने स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप