मकवानपुरमा टुंगियो गठबन्धनको भागबण्डा
मकवानपुरमा सत्तारुढ गठबन्धन दलले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुंगो लगाएको छ । नेपाली काँग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार बसेको प्रदेशस्तरीय गठबन्धन बैठकले मकवानपुरको १० वटै पालिकाको भागबण्डा टुङ्ग्याएको हो ।
बैठकको निर्णयअनुसार, मकवानपुरमा ५ वटा स्थानीय तह काँग्रेस, ३ वटा माओवादी केन्द्र र २ वटा नेकपा (एकीकृत समाजवादी) लाई सहमतिको आधारमा उम्मेदवारी बाँडफाँड गरिएको काँग्रेस बागमती प्रदेश कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, काँग्रेसलाई बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका अध्यक्ष पदको लागि तोकिएको छ भने माओवादी केन्द्रलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ ।
साथै, नेकपा एकीकृत समाजवादीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ । यसैगरी, उपाध्यक्षमा काँग्रेसलाई हेटौंडा, थाहा नगरपालिका, भीमफेदी, इन्द्रसरोवर, बागमती र नेकपा माओवादीलाई मकवानपुरगढी, मनहरी, राकिसराङ, कैलाश र बकैया दिने सहमति भएको छ । नेकपा एकीकृतलाई भने कुनै पनि स्थानीय तहको उपाध्यक्ष पद बाँडफाँड गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण