बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग श्रममन्त्रीको छलफल

आइतबार, ११ वैशाख २०७९, १७ : ३४
आइतबार, ११ वैशाख २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर छलफल गरेका छन् । आइतबार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग विदेशी भूमिमा  नेपालीहरुले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् ।

मन्त्री श्रेष्ठले  विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयमा आफूले उच्च प्राथमिकता दिएको बताए । नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए । मलेसियामा लामो समय गैरकानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी  १० जना श्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।

मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्वन्धित देशको सरकारसँग कुरा गर्ने बताए । मन्त्री श्रेष्ठले उद्धार गरिएका श्रमिकहरुलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सवै प्रक्रिया बुझेर जान आग्रह गरे । रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप