चिडियाखानाका जनावरका लागि नेपाल टेलिकमले आहारको प्रायोजन गर्ने
नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहारको प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो । नेपाल टेलिकमको प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव अधिकारीले धेरै पर्यटकको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए ।
सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहारको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु