बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जब मालिकले कर्मचारीलाई काम छाड्नुअघि मोबाईल ब्याट्रीको स्क्रिनसट मागे

आइतबार, ११ वैशाख २०७९, १७ : ०४
आइतबार, ११ वैशाख २०७९

चीनको वुहानस्थित एक कम्पनीका मालिकले उनका कर्मचारीलाई काम छाड्नुअघि तिनका मोबाइलको ब्याट्रीको स्क्रिनसट पठाउन माग गरेको कुरा सार्वजनिक भएको छ । निर्णय बाहिरिएपछि यो विषय चिनियाँ अनलाईन प्रयोगकर्ताहरुमाझ आलोचना विषय बनेको थियो । 

कामको समयमा श्रमिकले मोबाइल चलाउने गरेको कारणले कम्पनीको प्रदर्शन खस्किँदै गएको निष्कर्षसहित ती मालिकले मोबाइल ब्याट्रीको स्क्रिनसट मागेको बताइएको छ । हाकिमको यस्तो मागले क्रुद्ध भएका एक जना कर्मचारीले ‘मोबाइलको ब्याट्रीको स्क्रिनसट मागेको’ म्याजेसकै स्क्रिनसट समाजिक सञ्जाल सार्वजनिक गरेपछि यो घटना बाहिरिएको हो । उनकाअनुसार मालिकले मोबाइलको सेटिङमा गएर फोनको ब्याट्री प्रयोगको ग्राफलाई स्क्रिनसट खिच्न र त्यसलाई आफूकहाँ पठाउन माग गरेका छन् ।

कम्पनीको उत्पादकत्व बढाउने यो शैलीप्रति समाजिक संजालका प्रयोगकर्ताहरूले क्रुद्ध प्रतिक्रिया जनाएका छन् । धेरैले यसलाई ‘काम नलाग्ने रणनीति’, ‘खस्कँदो कम्पनीको घिनलाग्दो कदम’, ‘गोपनीयतामाथिको आक्रमण’ बताएका छन् । केही प्रयोगकर्ताले कर्मचारीलाई काम छाडेर राम्रो ठाँउमा जान आग्रह गरेका छन् भने केहीले कामदारलाई दुई वटा मोबाइल बोक्न आग्रह गर्दै प्रयोग नगर्ने मोबाइलको ब्याट्रीको फोटो पठाउन सुझाव दिएका छन्। 

स्रोतका अनुसार अनलाईनमा निर्णयको विरोध भएपछि कम्पनीका अध्यक्षले एक सार्वजनिक वक्तव्य नै जारी गर्दै स्पष्टिकरण दिएका छन् । स्पष्टिकरणमा उनले  कर्मचारीको गोपनीयता उल्लघंन गर्ने मनसाय राखेर यो विधि नअपनाएको दावी गरेका छन् । कार्यस्थलमा समाजिक संजाल प्रयोग गर्ने र भिडियो खेल्ने कार्यलाई निरुत्साहित गर्न कर्मचारीको मोबाइलको ब्याट्री प्रयोगको स्क्रिनसट मागेको ती मालिकले दावी गरेका छन् । 

पछिल्लो समय चिनियाँ कम्पनीका व्यवस्थापकहरुले आफ्ना कर्मचारीको उत्पादकत्व वृद्धि गर्न अपनाएका विवादित शैलीहरु सार्बजनिक भइरहेका छन् । यस अन्तरगत तोकिएको लक्ष्य पुरा नगर्ने कर्मचारीहरुको सबैको अगाडि अपमान गर्नेदेखि, ट्वाइलेटमा मानिस पसेदेखि टाईमर सुरु हुने प्रणाली लगाउने सम्मका विधि अपनाइएका छ । -अडिटी सेन्ट्रलबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप