मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा
स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठमा हुने भएको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
जुनियर ब्वाइज÷गर्ल्स तथा क्याडेट ब्वाइज÷गर्ल्सको विजेताले २० हजार, दोस्रोले १० हजार र सेमिफाइनल पुग्नेले ५ हजार पाउने छन् । १२ वर्ष मुनि ब्वाईज सिंगल्स÷गर्ल्स सिंगल्स तथा भेट्रानतर्फको विजेताले १० हजार दोस्रोले ५ हजार र सेमिफाइनल पुग्नेले २५ सय पाउने छन् ।
पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी मिलनले राष्ट्रिय स्तरका धरै प्रतियोगिताहरु खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल