आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षा निकायका प्रमुखहरु जंगी अड्डामा

आइतबार, ११ वैशाख २०७९, १६ : ५३
आइतबार, ११ वैशाख २०७९

 
सुरक्षा निकायका प्रमुखहरुले भद्रकालीस्थित सैनिक मुख्यालय ‘जंगी अड्डा’मा भेला भएका छन् ।  स्थानीय निर्वाचनको सुरक्षाबारे छलफलका लागि उनीहरु भेला भएका हुन् । 

आइतबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले छलफल गरेका हुन् ।
 
स्थानीय तह निर्वाचनको सुरक्षा जिम्मेवारी समन्वय र सहकार्य गरेर कार्यान्वयन गर्ने विषयमा सुरक्षा प्रमुखहरुको बिीचमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । छलफलमा सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरु तथा उच्च सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप