आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मुक्त कमैया बस्तीमा भीषण आगलागी

आइतबार, ११ वैशाख २०७९, १६ : ५२
आइतबार, ११ वैशाख २०७९

कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ स्थित मुक्त कमैया बस्तीमा आगलागी भएको छ । आइतबार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिए । धनगढी र टीकापुरको दमकलको मद्दतमा प्रहरी, स्थानीयवासीहरु मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । राठौरका अनुसार करिब ४० घर जलेको खबर प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप