टिकट वितरणका लागि काँग्रेसले बनायो संसदीय समिति
आइतबार, ११ वैशाख २०७९, १६ : ३६

नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।
काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको छ । जुन १४ जनामा सीमित भएको छ । बाँकी सदस्य पछि थपिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने अपेक्षा गरिएपनि अब संसदीय समितिले नै उम्मेदवारबारे टुंगो लगाउनेछ ।
याे पनि