विराटनगर महानगरसहित मोरङका स्थानीय तहमा क–कसले गराए उम्मेदवारी दर्ता ?
आइतबार, ११ वैशाख २०७९, १६ : २५

मोरङको विराटनगर महानगरपालिका सहित मोरङमा स्थानीय तहहरुमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ । आइतबार पौने ४ बजेसम्म विभिन्न पालिकामा उल्लेख्य उम्मेदवारी दर्ता भएको छ । विराटनगरको मेयरमा स्वतन्त्ररुपमा ३ जना र जनमत पार्टीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी बेलबारी नगरपालिका, बूढीगंगा गाउँपालिका, जहदा गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, केराबारी गाउँपालिका, सुन्दर हरैँचा नगरपालिका र लेटाङ गाउँपालिकामा १–१ जना मेयर तथा अध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मनोनयन दर्ता क्रम जारी छ भने ठुला दलका उम्मेदवारले सोमबार मात्रै दर्ता गराउने तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग