राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार
राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ । पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवारको रुपमा खडा गरेको हो । हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उमेदवार छनौटमा छलफल गरिरहेका छौं, अधिकांश उमेदवार छनौट भइसकेका छन्, आज साँझसम्म सबै तहको उम्मेदवारी टुंगोमा लगाउँछौं, वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उम्मेदवारी टुंगो लागेको छ, प्रवक्ता मोहन श्रेष्ठले भने ।
यसैबीच नेपालगन्ज उपमहानगरका मेयर रहेका महामन्त्री डा.धवल शमशेर राणा सोही नगरमा पुनः उमेदवार नबन्ने भएपछि चार दिन अघि मात्रै नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरमा उमेदवार बनाउने राप्रपाले टुंगो लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण