जसपाबाट टिकट नपाएपछि बिहान नेताहरूमाथि हातपात, दिउँसो लोसपामा प्रवेश
जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आइतबार बिहान जनकपुरधाममा बसेको जसपा नेपालको बैठकमा उनको नाममा टिकटको टुङ्गो लाग्ने सम्भावना नदेखेपछि उनका कार्यकर्ताहरूले जसपाका शीर्ष नेताहरूमाथि हातपात नै गरेका थिए ।
बैठकमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य गजाधर रोहिता यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, प्रदेश उपाध्यक्ष शेषनारायण यादवलगायतका नेताहरू छलफल गरिरहँदा आक्रोशित समूह हातपातमा उत्रिएको थियो । सो क्रममा नेता गजाधर रोहिता यादवसहित १० जना घाइते भएका छन् ।
सो घटनापछि रामबाबु यादवले जसपा नेपाल परित्याग गर्दै लोसपा नेपालमा प्रवेश गरेका हुन् । यादवलाई प्रतिनिधिसभा सदस्य उमाशङ्कर अरगरिया र धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहलगायतले आज माला र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश पछि नवप्रवेशी रामबाबु यादवले जसपामा एकलौटी निर्णय हाबी भएको र पुराना नेता कार्यकर्तालाई अवमूल्यन गरिएकोले बाध्य भएर आफूले पार्टी छाडेर लोसपामा प्रवेश गरेको प्रतिक्रिया दिए । उनले भने, ‘आफ्नो लागि सिफारिस भएर आएको टिकट पार्टीका नेता दीपक कार्की र मन्त्री रेणु यादवले अरूलाई बाँडेर चलखेल गरे ।’ उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गणेशमान चारनाथ नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
