सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

जाजरकोटका ७ पालिकामा सत्तारुढ गठबन्धनबीच भागबण्डा टुङ्गियो

आइतबार, ११ वैशाख २०७९, १५ : ३०
आइतबार, ११ वैशाख २०७९

सत्तारुढ गठबन्धनमा जाजरकोटका ७ पालिकामा उम्मेदवारीबारे भागबण्डा टुङ्गिएको छ । जसअनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तीन–तीन पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् भने एउटा पालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ ।

गठबन्धनबीच भएको भागबण्डा अनुसार भेरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा र नेपाली काँग्रेसले उपप्रमुख पदमा उम्मेदवारी दिने भएको छ । यस्तै, छेडागाड नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएका छन् भने नलगाड नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारी दिने तय भएको छ । 

शिवालय गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । यस्तै, बारेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र,  जुनिचाँदे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप