विराटनगर विवाद : देउवाले कोइराला पक्षलाई चुन्लान् कि सिटौला ?
स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा नेपाली काँग्रेसलाई भने महानगरको उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । विराटनगर महानगरको प्रमुखमा उम्मेदवार चयन गर्ने विषयमा विवाद हुँदा काँग्रेसले अझैसम्म पनि निर्णय लिन नसकेको हो ।
सत्तारुढ दलसँग गठबन्धन गर्दा काँग्रेसको भागमा ६ मध्ये तीनवटा महानगर परेको छ । यसमध्ये काठमाडौँको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटिसकेको छ । तर विराटनगरको मेयरमा शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले आ–आफ्नो पक्षका उम्मेदवारलाई नै उठाउनुपर्ने अडान लिएपछि सभापति शेरबहादुर देउवालाई निर्णय गर्न सकस परेको छ । कोइरालाले विराटनगरको मेयरमा नागेश कोइरालालाई अघि सारेका छन् भने सिटौलाले भीम पराजुलीलाई मेयरमा दोहोर्याउनुपर्ने बताएका छन् ।
पार्टीले उम्मेदवारहरू टुङ्गो लगाउन आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । तर, शीर्ष नेताहरूको बैठकमा नै सहमति जुट्न नसकेपछि सो बैठक अझै पनि बस्न सकेको छैन । आइतबार बिहान १० बजेदेखि १ बजेसम्म र त्यसपछि घोषणापत्र सार्वजनिक गरेर पुनः शीर्ष नेताहरूको बैठक बसेको थियो ।
बैठकमा सहभागी एक नेताले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘सभापतिज्यूले अब सिटौला र कोइरालामध्ये एकलाई चुन्नुपर्ने अवस्था आएको छ । पार्टीमा शक्ति सन्तुलन मिलाउन विराटनगरमा शेखर कोइरालानिकट उम्मेदवारलाई दिने कि कृष्णप्रसाद सिटौला निकट पराजुलीलाई दिने भन्ने निर्णय पार्टी सभापतिले नै निर्णय लिनुपर्ने अवस्था आएको छ ।’
विराटनगरसँग ललितपुरको मेयर चुन्ने विषय जोडिएको काँग्रेस नेताहरूको भनाइ छ । विराटनगरको मेयरलाई दोहोर्याउने हो भने वरिष्ठ नेता रामचन्द्र पौडेलले ललितपुरमा पनि चिरिबाबु महर्जनलाई दोहोर्याउनुपर्ने दबाब दिएका छन् ।
‘विषय पेचिलो छ । त्यसैले यो विषय सामूहिक बैठकले टुङ्ग्याउन नसक्ने निष्कर्षमा हामी पुगेका छौँ,’ ती नेताले भने, ‘यसको जिम्मा सभापतिलाई नै दिने तयारी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशले रद्द गर्यो शेख हसिनाको पासपोर्ट
-
राप्ती नदीमा ४१ गोही छोडियो
-
नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन् : पूर्व कानुनमन्त्री शर्मा
-
हात्तीका कारण पर्यटकको मृत्यु भएपछि माहुतेविरुद्ध मुद्दा
-
कठ्याङ्ग्रिने चिसो : महोत्तरीका विद्यालय बन्द
-
मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न निर्देशन