जनकपुर उपमहानगरको मेयरमा जनमत पार्टीबाट अनिता साह उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, १५ : १७
स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका लागि जनमत पार्टीबाट अनितादेवी साहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
आइतबार जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा जनमत पार्टीकी केन्द्रीय सचिवसमेत रहेकी साहले मेयर पदमा उम्मेदवारी दिएकी हुन् । अहिलेसम्म उपमहानगरको मेयर पदमा अनिताले मात्रै उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा उमेश चौधरीले उम्मेदवारी दिएका छन् । उनी एमालेबाट बागी भएर उम्मेदवार दिएका हुन् । सत्तारुढ गठबन्धनका तर्फबाट सोमबारमात्र उम्मेदवारी दर्ता गरिने जनाइएको छ । नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवका अनुसार सोमबार हरेक पालिकाको उम्मेदवारले उम्मेदवारी दर्ता गराउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण