जनकपुर उपमहानगरको मेयरमा जनमत पार्टीबाट अनिता साह उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, १५ : १७

स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका लागि जनमत पार्टीबाट अनितादेवी साहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
आइतबार जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा जनमत पार्टीकी केन्द्रीय सचिवसमेत रहेकी साहले मेयर पदमा उम्मेदवारी दिएकी हुन् । अहिलेसम्म उपमहानगरको मेयर पदमा अनिताले मात्रै उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा उमेश चौधरीले उम्मेदवारी दिएका छन् । उनी एमालेबाट बागी भएर उम्मेदवार दिएका हुन् । सत्तारुढ गठबन्धनका तर्फबाट सोमबारमात्र उम्मेदवारी दर्ता गरिने जनाइएको छ । नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवका अनुसार सोमबार हरेक पालिकाको उम्मेदवारले उम्मेदवारी दर्ता गराउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश