कर्णालीका ८ जिल्लामा भागवण्डा टुङ्गियो
कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागवण्डा टुङ्गो लागेको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवारी बाँडफाँटको टुङ्गो लगाएको हो ।
जसअनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा शनिबार नै कुरा मिलिसकेको थियो । कालिकोटको भागबण्डामा शनिबार राति अबेरसम्म बसेको बैठकले टुङ्गो लगाएको हो ।
रुकुम पश्चिम र सुर्खेतमा भने भागबण्डा मिलाउन बाँकी छ । पाँच वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको सुर्खेतमा ०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख जितेको थियो भने ५ वटा स्थानीय तहका उपप्रमुखमा जितेको थियो ।
रुकुम पश्चिमका भने माओवादीको एकलौटी जनाधार छ । माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीसँग भनिन्, ‘उनीहरु (काँग्रेस)ले धेरै पालिका मागेका छन् भने हामीले सुर्खेतमा मागेका छौं । रुकुम पश्चिमका काँग्रेसले एउटा पनि जितेको छैन भने सुर्खेतमा माओवादीले पनि जितेको छैन ।’
माओवादीले काँग्रेसलाई रुकुममा जितेको ठाउँ दिँदा सुर्खेतमा पनि काँग्रेसले जितेको ठाउँमा माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने आफूहरुको माग रहेको उनले बताइन् । तर त्यसको समाधानका लागि काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका प्रभावशाली नेता जनार्दन शर्माबीच वार्ता भइरहेको उनले जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण