बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

हुलाकबाट लागुऔषध कारोबार गर्ने युवक थुनामा

आइतबार, ११ वैशाख २०७९, १५ : ११
आइतबार, ११ वैशाख २०७९

हुलाकबाट लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका युवकलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । २०७८ फागुन १६ मा पर्सा जिल्लाको पोखरिया नगरपालिका–३ का २२ वर्षीय राज शिखर गुप्तालाई लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो ।

२०७९ वैशाख ७ मा जिल्ला अदालतको पर्साले पुर्पक्षको लागी थुनामा राख्न आदेश गरेको छ । २०७८ फागुन ११ मा गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गुप्ताको नाममा बेलायतबाट कार्टुनमा चकलेट आएको थियो । सो ४ दशमल ४१८ केजी क्यान्डी चकलेटमा गाँजा र चरेशको मात्रा भेटिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

हुलाकमार्फत जर्मनीबाट उनको नामा आएको अर्को कार्टुन बक्समा ५ सयवटा नाम नखुलेको ट्याब्लेट भेटिएको थियो । १७० ग्राम तौलका सो ट्याब्लेट परीक्षण गर्दा लागुऔषध एम्फेटामाइन रहेको थाहा भएको एसपी श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप