माओवादीबाट काठमाडौका १० नगरपालिकामा सिफारिस भएका यी हुन् मेयर पदका उम्मेदवार

काठमाडौ महानगरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयर लिने सहमति भइसकेको छ । अरु १० नगरपालिकामा सत्ता गठबन्धन हुन सकेको छैन । चुनावी तालमेल गर्न गठबन्धनमा सहभागी दलसँग छलफल जारी राखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।
यदि गठबन्धनमा सहमती नभए एकल रुपमा माओवादीले उम्मेदवारी दिने शर्माले बताए । ‘हामीले चुनावी तालमेल गर्न गठबन्धनका नेताहरुसँग छलफल गरिराखेका छौं । निरन्तर छलफल जारी राखेका छौ’ शर्माले भने, ‘यदि भोलिसम्म तालमेल नभए एकल रुपमा उम्मेदवारी दिन्छौं ।’ चुनावी तालमेलका विषयमा छलफल भएकाले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने शर्माले बताए ।
माओवादीबाट शंकरापुर मेयरमा निरज केसी, कागेश्वरी मनोहर मेयरमा भोलाप्रसाद चापागाईँ, गोकर्णेश्वर मेयरमा पेमा शेर्पा, बुढानिलकण्ठ मेयरमा डम्बर अधिकारी सिफारिस भएका छन् ।
यस्तै टोखाको मेयरमा कल्पना शर्मा, शिखा श्रेष्ठ, तारकेश्वरको धनलाल महर्जन र गीता पनेरु, चन्द्रागिरिको मेयरमा युवराज भण्डारी, रुपा महर्जन, कीर्तिपुरको मेयरमा हिराबहादुर महर्जन, नागार्जुनको मेयरमा कुमार तामाङ र दक्षिणकाली मेयरमा सञ्जय लामाको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू