माओवादीबाट काठमाडौका १० नगरपालिकामा सिफारिस भएका यी हुन् मेयर पदका उम्मेदवार
काठमाडौ महानगरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयर लिने सहमति भइसकेको छ । अरु १० नगरपालिकामा सत्ता गठबन्धन हुन सकेको छैन । चुनावी तालमेल गर्न गठबन्धनमा सहभागी दलसँग छलफल जारी राखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।
यदि गठबन्धनमा सहमती नभए एकल रुपमा माओवादीले उम्मेदवारी दिने शर्माले बताए । ‘हामीले चुनावी तालमेल गर्न गठबन्धनका नेताहरुसँग छलफल गरिराखेका छौं । निरन्तर छलफल जारी राखेका छौ’ शर्माले भने, ‘यदि भोलिसम्म तालमेल नभए एकल रुपमा उम्मेदवारी दिन्छौं ।’ चुनावी तालमेलका विषयमा छलफल भएकाले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने शर्माले बताए ।
माओवादीबाट शंकरापुर मेयरमा निरज केसी, कागेश्वरी मनोहर मेयरमा भोलाप्रसाद चापागाईँ, गोकर्णेश्वर मेयरमा पेमा शेर्पा, बुढानिलकण्ठ मेयरमा डम्बर अधिकारी सिफारिस भएका छन् ।
यस्तै टोखाको मेयरमा कल्पना शर्मा, शिखा श्रेष्ठ, तारकेश्वरको धनलाल महर्जन र गीता पनेरु, चन्द्रागिरिको मेयरमा युवराज भण्डारी, रुपा महर्जन, कीर्तिपुरको मेयरमा हिराबहादुर महर्जन, नागार्जुनको मेयरमा कुमार तामाङ र दक्षिणकाली मेयरमा सञ्जय लामाको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण