शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रवीण काफ्ले

आइतबार, ११ वैशाख २०७९, १५ : ०५
आइतबार, ११ वैशाख २०७९

विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। यस्तै गरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको हो।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो। विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन्। कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुद सम्बद्ध संघसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्। उनले बिबिए अध्ययन पुरा गरेका छन्। भरतपुरका मेयर उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन्।  

त्यसै गरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धी कार्यक्रममा संलग्न हुँदै आएकी छन्। उनले स्वास्थ्य तथा जनसङ्ख्यामा स्नातकोत्तर गरेकी छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप