आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

आइतबार, ११ वैशाख २०७९, १४ : २९
आइतबार, ११ वैशाख २०७९

विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो ।

एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ । आजको बैठकले उपाध्यक्षमा राष्ट्रिय टोलीका नियमित सदस्य र नेपालबाट खेलिसकेका खेलाडीहरू विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जलाई चयन गरेको छ । यस्तै रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्य चुनिएका छन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नव निर्वाचित खेलाडी संघको कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप