शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एमालेले रुपन्देहीमा टुंग्यायो उम्मेदवार, कहाँ को ?

आइतबार, ११ वैशाख २०७९, १४ : २८
आइतबार, ११ वैशाख २०७९

नेकपा एमालेले रुपन्देहीका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले रुपन्देहीका सबै स्थानीय तहका उम्मेदारहरुको नाम टुंगो लगाएको हो । 

जसअनुसार देवदह नगरपालिकाको प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, तिलोत्तमा नगरपालिकाको प्रमुख मोहन चापागाईँ र उपप्रमुख जागेश्वरीदेवी चौधरी चयन भएका छन् । यसैगरी सैनामैनामा चित्रबहादुर कार्की र उपप्रमुखमा विना राना उम्मेदवार बनेका छन्। सिद्धार्थ नगरमा प्रमुखमा रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारी उम्मेदवार बनेका छन्।

यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा रमावती यादव प्रमुख र कल्पना हरिजन उपप्रमुखको उम्मेदवार बनेका छन्। ओमसतीया गाउँपलिकामा  अध्यक्षमा मन्जितकुमार यादव  र उपाध्यक्षमा निर्मलाकुमारी निषाद रहेका छन् भने रोहिणी गाउँपालिकाको अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा वसन्ती पाण्डे, मायादेवी गाउँपालिकामा लाला लोध र उपाध्यक्षमा सन्नु चाई छानिएका छन् । यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा कमलेस यादव र उपाध्यक्षमा बिन्द्रावती गौडले टिकट पाएका छन्  ।

सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध तथा कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा माया साहनी उम्मेदवार बनेका छन्  ।

यसैगरी, गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल  र उपाध्यक्षमा  माधुरी जैसवाल, कञ्चन गाउँपालिका अध्यक्षमा दिनानाथ आचार्य उपाध्यक्षमा ओमकला राहडीलाई उम्मेदवार बनाइएको छ। यता, शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरीलाई अध्यक्ष उम्मेदवार र शान्तादेवी ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।

यसैगरी  सियारी गाउँपालिकाको अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङले उम्मेदवारी दिने भएका छन्। यसअघि एमालेको सचिवालय बैठकले हिजो बुटवल उपमहानगरको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालको नाम टुंगो लगाएको थियो।

सैनामैना नगरपालिको  मेयर र उपमेयर दुबैलाई दोहोर्याएको छ भने तिलोत्तमा र देवदह नगरपालिका उपमेयरमा दुवै दोहोर्याएको छ । मेयर भने दुबै नयाँ ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप