१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ
आइतबार, ११ वैशाख २०७९, १४ : १८
१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा