मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, ११ वैशाख २०७९, १४ : १६
आइतबार, ११ वैशाख २०७९

धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गोलुको अवस्था गम्भीर रहेको छ । 

महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रित भई माटोको डिस्कोमा ठोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप