शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसको सङ्कल्प पत्र : नेकपाको सरकार, अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात

आइतबार, ११ वैशाख २०७९, १४ : १३
आइतबार, ११ वैशाख २०७९

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सङ्कल्प पत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक काँग्रेसको सङ्कल्प पत्रमा काँग्रेसले विगतको नेकपाको सरकारलाई ‘अधिनायकवाद र सर्वसत्तावादको सुत्रपात’का रुपमा व्याख्या गरेको छ ।

‘नेकपाको सरकार गठन भएको घडीदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, जनताका नैसर्गिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अङ्ग सञ्चार जगतमाथि नियोजित रुपमा संगीन आक्रमण गर्दै आफूले पाएको सुनौलो अवसरको अधिकांश समय र ऊर्जा अधिनायकवादी तथा सर्वसत्तावादी शासन स्थापना गर्न मै खर्च गरिएको थियो’, काँग्रेसले सार्वजनिक गरेको सङ्कल्प पत्रमा भनिएको छ ।

काँग्रेसले नेकपा सरकारमाथि गरेका टिप्पणी यस्ता छन् :

–अभिव्यक्ति तथा स्वतन्त्रतामाथि आक्रमण

–संघीयताविरोधी एकात्मक र नियन्त्रणकारी सरकार

–संवैधानिक निकायको कम्युनिष्टकरण

–विभेदकारी नागरिकता पक्षधर सरकार

–नेकपाको सरकार :  कुशासन र भ्रष्टाचार

–साँस्कृतिक अधिकार हनन गरी गुठीको जमीन भूमाफियाकरण

–कम्युनिस्ट सरकारको शासन : महामारीमा समेत कमिशन र भ्रष्टाचार

–चोरलाई चौतारो, साधुलाई सुली

–प्रतिनिधिसभा विघटन : लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र

–अलोकतान्त्रिक र असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन

–अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा दोस्रोपटक विघटन

राष्ट्रवाद, स्थिर सरकार, विकास र समृद्धि जस्ता लोकप्रियतावादी नाराको आधारमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले २०७४ का तीनै तहका निर्वाचनमा प्रचण्ड वहुमत हासिल गरी नेपालको इतिहासमा नै सबैभन्दा बढी सुविधाजनक र अनुकूल अवसर पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप