विराटनगर महानगरपालिकाको मेयरका लागि उमेश यादवको स्वतन्त्र उम्मेदवारी
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गठबन्धनप्रति असहमति जाहेर गर्दै हिजो जसपाको सधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।
उनले त्यसबेला १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बन्दा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए ।
यादवले यसपटक पनि प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए । यद्यपि ५ दलीय गठबन्धनले विराटनगरको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवारी दिने निर्णय गरेपछि उनी असन्तुष्ट बन्दै राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण