सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसका महाधिवेशन प्रतिनिधि हक एमालेमा प्रवेश

आइतबार, ११ वैशाख २०७९, १४ : ००
आइतबार, ११ वैशाख २०७९

रौतहटस्थित नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एकरामुल हकसहितका नेता कार्यकर्ताहरू पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

गुजारा नगरपालिकाका मेयर प्रत्याशी स्व.शेख दाउदका छोरा  एकरामुल हक र काँग्रेसका क्षेत्रीय प्रतिनिधि झमक प्रसाद चौलागाईंले पार्टी पारित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

कटहरियास्थित तराई मधेस सहिद स्मृति प्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच एमाले केन्द्रीय सदस्य तथा रौतहट सहईन्चार्ज कुन्दन कुश्वाहाले उनीहरुलाई टीका र माला लगाएर स्वागत गरेका थिए ।

काँग्रेस जिल्ला सभापति सुनिल यादव जितचन्द्रले पार्टी विधान विपरीत विभिन्न प्रभावमा परेर टिकट वितरणमा लाखापाखा गरिरहेकाले आफूहरूले काँग्रेस छोडेर एमाले प्रवेश गरेको हकले प्रतिक्रिया दिएका छन् ।

उक्त अवसरमा एमाले प्रदेश उपसचिव आरती भण्डारी, कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा, नगर प्रवक्ता चन्दन कुश्वाहा लगायतको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप