प्रदेश १ का दुई सांसदले दिए राजीनामा
आइतबार, ११ वैशाख २०७९, १३ : ५९

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।
कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । कागते नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय इलामको सूर्योदय नगरपालिका र बुढाथोकी झापाको मेचीनगर नगरपालिकामा उठ्ने छन। उनीहरूलाई एमालेले टिकट दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री
-
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने