सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बकैया गाउँपालिकामा काँग्रेसले कसैसँग चुनावी तालमेल नगर्ने

आइतबार, ११ वैशाख २०७९, १३ : ५०
आइतबार, ११ वैशाख २०७९

नेपाली काँग्रेसले मकवानपुरको बकैया गाउँपालिकामा तालमेल नगर्ने निर्णय गरेको छ । सत्तारुढ पाँच दलबीच विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय भए पनि बकैया गाउँपालिकामा भने काँग्रेसले गठबन्धन घटकसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको हो ।

काँग्रेसका बकैया गाउँपालिका सभापति दिलबहादुर बोम्जनले पत्रकार सम्मेलनमा जनाएअनुसार पालिकाका १२ वटै वडाका सभापतिले चुनावी तालमेलबिना नै प्रतिस्पर्धा गर्ने निर्णयमा सहमति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप