समाजवादीले कैलालीका तीन स्थानीय तहका उम्मेदवार टुंगो लगायो
नेकपा एकीकृत समाजवादी पार्टीले कैलालीका तीन वटा स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । घोडाघोडी नगरपालिकाको नगरप्रमुखमा खडक रावत, गोदावरीको उपप्रमुखमा रत्ना कडायत र कैलालीको चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगरलाई चयन गरिएको छ ।
घोडाघोडी नगरप्रमुखका उम्मेदवार रावत समाजवादी पार्टीका जिल्ला सचिव हुन् । उनी पहलमानपुरस्थित कान्ती राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष हुन् । उनकै प्रयासमा सो विद्यालय नमूना विद्यादयका रुपमा परिचित छ ।
गोदावरी नगरपालिकाका उपप्रमुख कडायत जिल्ला उपाध्यक्ष तथा हालकी उपमेयर हुन् । उनले गोदावरी नगरपालिकामा नमूना काम गरेर जनताको मन जितेकी छिन् । चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगर समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य हुन । उनी लामो समयदेखि समाज सेवा क्रियाशिल रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण