समाजवादीले कैलालीका तीन स्थानीय तहका उम्मेदवार टुंगो लगायो

नेकपा एकीकृत समाजवादी पार्टीले कैलालीका तीन वटा स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । घोडाघोडी नगरपालिकाको नगरप्रमुखमा खडक रावत, गोदावरीको उपप्रमुखमा रत्ना कडायत र कैलालीको चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगरलाई चयन गरिएको छ ।
घोडाघोडी नगरप्रमुखका उम्मेदवार रावत समाजवादी पार्टीका जिल्ला सचिव हुन् । उनी पहलमानपुरस्थित कान्ती राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष हुन् । उनकै प्रयासमा सो विद्यालय नमूना विद्यादयका रुपमा परिचित छ ।
गोदावरी नगरपालिकाका उपप्रमुख कडायत जिल्ला उपाध्यक्ष तथा हालकी उपमेयर हुन् । उनले गोदावरी नगरपालिकामा नमूना काम गरेर जनताको मन जितेकी छिन् । चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगर समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य हुन । उनी लामो समयदेखि समाज सेवा क्रियाशिल रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग