विराटनगरमा ६ जनाको उम्मेदवारी दर्ता
आइतबार, ११ वैशाख २०७९, १३ : ३५

विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ । मेयर तथा उपमेयर पदमा भने कसैले पनि उम्मेदवारी दर्ता गराइसकेका छैनन् ।
हालसम्म वडा नम्बर ९ मा नेपाल सद्भावनाका किशोरकुमार सलवारले उम्मेदवारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेदवार फूल महतले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह