विराटनगरमा ६ जनाको उम्मेदवारी दर्ता
आइतबार, ११ वैशाख २०७९, १३ : ३५
विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ । मेयर तथा उपमेयर पदमा भने कसैले पनि उम्मेदवारी दर्ता गराइसकेका छैनन् ।
हालसम्म वडा नम्बर ९ मा नेपाल सद्भावनाका किशोरकुमार सलवारले उम्मेदवारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेदवार फूल महतले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण