भरतपुर महानगरको मेयरमा नेमकिपाका दुलालले सुरुमै गरे मनोनयन दर्ता
भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।
उनले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि उमेदवारको मनोनयन दर्ता गर्दै छ ।
दुलालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली छन् । नेमकिपाबाट महानगरको उपमेयरमा कसैले पनि उमेदवारी दर्ता गरेको छैन । दुलालपछि राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरे । उनको प्रस्तावकमा टेकबहादुर मगर र समर्थकमा रविन्द्र सिंह गुरुङ छन् ।
जनमुक्ति पार्टीकी मिना थापामगरले उपमेयरमा मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा विमला राना र समर्थकमा सुमित्रा राना छन् । राष्ट्रिय दलको मान्यता प्राप्त गरेको नेकपा एमाले र सत्ता गठबन्धनका दलले भोलि मात्र मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण