उम्मेदवारी दर्तापछि बालेन शाहको दावी– काँग्रेस एमालेको भोट काटेर जित्छु
काठमाडौ महानगरको मेयरमा पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफुले काठमाडौ महानगरपालिकामा काँग्रेस र एमालेको भोट काटेर जित्ने दावी गरेका छन् । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिहरूलाई स्वीकार गर्नुपर्ने भन्दै भने, ‘म काँग्रेस र एमालेको भोट काटेर जित्छु ।’
उनले काठमाडौ महानगरपालिकाका मतदातामध्ये डेढ लाख मतदाता स्वतन्त्र रहेकाले आफुले जित्ने आधार त्यही भएको बताए । ‘तीमध्ये डेढ लाख स्वतन्त्र मतदाता छन् । ९० हजार ८ सय ३५ भोट ल्याएर जित्छु’, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहको भनाइ छ । उनले आफ्नो उम्मेदवारी काठमाडौवासीका समस्या समाधान गर्न भएको समेत बताए । ‘पहिलाको जस्तो दुख नभोग्ने, खानेपानीको समस्या हुन नदिने मेरा प्राथमिकता हुन्’, शाहको भनाइ छ । शाह उम्मेदवारी दर्ता गर्न राष्ट्रिय झण्डा ओढेर आफ्ना समर्थकसहित पुगेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण