उम्मेदवारी दर्तापछि बालेन शाहको दावी– काँग्रेस एमालेको भोट काटेर जित्छु

काठमाडौ महानगरको मेयरमा पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफुले काठमाडौ महानगरपालिकामा काँग्रेस र एमालेको भोट काटेर जित्ने दावी गरेका छन् । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिहरूलाई स्वीकार गर्नुपर्ने भन्दै भने, ‘म काँग्रेस र एमालेको भोट काटेर जित्छु ।’
उनले काठमाडौ महानगरपालिकाका मतदातामध्ये डेढ लाख मतदाता स्वतन्त्र रहेकाले आफुले जित्ने आधार त्यही भएको बताए । ‘तीमध्ये डेढ लाख स्वतन्त्र मतदाता छन् । ९० हजार ८ सय ३५ भोट ल्याएर जित्छु’, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहको भनाइ छ । उनले आफ्नो उम्मेदवारी काठमाडौवासीका समस्या समाधान गर्न भएको समेत बताए । ‘पहिलाको जस्तो दुख नभोग्ने, खानेपानीको समस्या हुन नदिने मेरा प्राथमिकता हुन्’, शाहको भनाइ छ । शाह उम्मेदवारी दर्ता गर्न राष्ट्रिय झण्डा ओढेर आफ्ना समर्थकसहित पुगेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी