एसइई : लमजुङमा २६ परीक्षार्थी अनुपस्थित
यहाँ माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज २६ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।
त्यस्तै आज ग्रेडवृद्धितर्फका पाँचमध्ये एक छात्र अनुपस्थित भएको उहाँको भनाइ छ । एसइईको पहिलो दिन शुक्रबार नियमिततर्फ १७ छात्रा र १० छात्र गरेर २७ विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा जिल्लाभर १७ विद्यालयबाट परीक्षार्थी सामेल भएका छन् । जिल्लामा १८ परीक्षा केन्द्रमा यतिका सङ्ख्यामा विद्यार्थीले एसइई परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।
नियमिततर्फ तीन हजार १२ र ग्रेड वृद्धितर्फ छ जनाले एसइईका परीक्षार्थीमध्ये परीक्षाको पहिलो दिन उक्त सङ्ख्यामा अनुपस्थित भएका हुन् । परीक्षामा सम्बन्धित विद्यालयका प्रधानाध्यपकलाई नै केन्द्रध्यक्ष तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीलाई वामदेवले भने– ‘गल्ती महसुस गरेँ, फर्कन हाइलेभलको निर्णय पर्खिरहेको छु’
-
१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटियो
-
पार्टीभित्र कुनै विवाद छैन, विभाजनको कुरा हल्ला मात्र हो : उपाध्यक्ष भुसाल
-
जापानले बनायो ६जी चल्ने डिभाइस, ५जीको भन्दा २० गुणा बढी स्पिड
-
जसपामा फुट : उपेन्द्रले कतारबाटै बोलाए संसदीय दलको बैठक
-
गण्डकीमा २ मन्त्री थपिँदै, साढे ४ बजे शपथ