सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा पर्खालको विवादमा इँटा हानाहान हुँदा १ जनाको मृत्यु

आइतबार, ११ वैशाख २०७९, १३ : ०१
आइतबार, ११ वैशाख २०७९

 सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको छ । इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ । कुटपिटमा संलग्न स्थानीय  ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्‍म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले रातोपाटीलाई बताए ।

शनिवार पर्खाल लगाउने विषमा विवाद हुँदा इँटा हानाहान भएको थियो । इँटा प्रहारबाट गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागी प्रादेशिक अस्पताल सिरहामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी बुढाथोकीले बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप