मेयरमा उम्मेदवारी दिँदै समीक्षा बाँस्कोटाले भनिन्–काठमाडौं वैकल्पिक राजनीतिको केन्द्र बन्दैछ
विवेकशील साझाको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताएकी छन् । आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहेकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको बताइन् ।
‘परिवर्तनको संवाहक अब महानगरबासीले देखाइदिनु हुनेछ र वैकल्पिक किल्ला पनि बन्नेछ काठमाडौं’, उनले भनिन्, ‘किनभने काठमाडौं महानगरमा वैकल्पिक राजनीतिको केन्द्र हो भनेर यहाँका बासिन्दाले तराजु चिह्नमा मतदान गरी परिवर्तनको संवाहक बनेर देखाउनुहुनेछ ।’
महानगरपालिकाको प्रमुखमा पहिलो उम्मेदवारी भने राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गरेका छन् । स्वतन्त्रबाट राजन कार्कीले मनोनयन दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण