शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारमुक्त शासनको आह्वान गर्दै लोकतन्त्र दिवस मनाइयो

आइतबार, ११ वैशाख २०७९, १२ : ४९
आइतबार, ११ वैशाख २०७९

मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ । १६ औँ लोकतन्त्र दिवसका उपलक्ष्यमा शान्ति समाजद्वारा रुपन्देहीको वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गरे । 

सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचन : भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता : प्रविधिमैत्री निर्वाचन, लोकतन्त्रको आधार : शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य, वैज्ञानिक शिक्षा : सबैको अधिकार, गुणस्तरीय स्वास्थ्य सेवा : सबैको अधिकार, लोकतान्त्रिक संस्कृति : अहिंसात्मक जीवनधारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसैगरी वैशाख ११ गते शान्ति समाज तेह्रथुम शाखाले सदरमुकाम म्याङ्लुङमा आयोजना गरेको प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सदस्य लक्ष्मीनारायण मिश्र र शाखा सभापति टिकाराम खुलालले लोकतन्त्रको स्थायित्व र सम्मानका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

शान्ति समाज काठमाण्डौ शाखाद्वारा लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गते काठमाण्डौमा आयोजित शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन विषयक गोष्ठीमा शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप