शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

नाटक घर मण्डलामा ‘पल्पसा क्याफे’

आइतबार, ११ वैशाख २०७९, १२ : ३६
आइतबार, ११ वैशाख २०७९

नारायण वाग्लेको मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन सुरु भएको छ । गत शुक्रबारबाट थापागाउँस्थित मण्डला थिएटरमा नाटकको नियमित मञ्चन सुुरु भएको हो ।

विमल सुवेदीको निर्देशन रहेको नाटकमा अभिनेत्री सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निर्वाह गरेकी छन् । यस अगाडि स्वस्तिमा खड्काले पल्पसाको भुमिका निर्वाह गर्ने बताइएको थियो । अन्तिम समयमा खड्काले अभिनय गर्न नसक्ने बताएपछि सृष्टि श्रेष्ठले पल्पसा बनेकी हुन् ।

नाटकमा सृष्टिको अलवा विमल सुवेदी, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायत कलाकारको अभिनय देख्न सकिन्छ । प्रेम र द्वन्द्वको कथा मिश्रित नाटकले बेपत्ता परिवारको मनोदशा समेत पस्किन प्रयास गरेको मण्डला थियटरले जनाएको छ ।

‘पल्पसा क्याफे’ उपन्यास नेपालको चर्चित उपन्यास मध्ये एक हो । अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा समेत अनुदित यो पुस्तकमा १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा उपन्यासले उठाएको छ ।
नाटक बैशाख २५ गतेसम्म मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप