ललितपुर : व्यञ्जनकारद्वारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता
आइतबार, ११ वैशाख २०७९, १२ : २७

ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार व्यञ्जनकार ललितपुर महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका हुन् ।
८१ वर्षका व्यञ्जनकार विसं २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका छन् । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ । व्यञ्जनकार भन्छन्, ‘मैले सुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’ उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी