एमाले मकवानपुरले टुंग्यायो १० वटै स्थानीय तहको उम्मेदवार
नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै बागमती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङतान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादुर स्याङतान, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्ष सन्तु थिङलाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी र उपाध्यक्ष उमा लामालाई उम्मेदवार बनाउने भएको छ । कैलाश गाउँपालिका अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्ष सुकुमाया थिङ, राक्सिराङ गाउँपालिका अध्यक्ष बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङलाई उम्मेदवार बनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण