बर्दियाको बासगढीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल
आइतबार, ११ वैशाख २०७९, १२ : १०
![बर्दियाको बासगढीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल](https://rpcdn.ratopati.com/media/albums/bardia_3sfH5e52gt.jpg)
बर्दियाको बासगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएको छ । मेयर उपमेयर माओवादीलाई दिएर एकीकृत समाजवादीले वडामा मात्रै लिई चुनावी तालमेल भएको छ।
माओवादीले मेयर उपमेयर सहित ७ वडा अध्यक्ष लिने भएको छ । एकीकृत समाजवादीले २ वडा अध्यक्ष सहित केही सदस्यहरु लिएको छ । माओवादीले मेयरमा भुवनकुमार थारु र उपमेयरमा भूमि विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थारु पार्टीको बर्दिया जिल्ला संयोजक हुन् भने विक पार्टीको लुम्बिनी प्रदेश सदस्य हुन् ।
यसअघि मेयर उपमेयर एमालेले जितेको थियो । माओवादी मुख्य प्रतिस्पर्धी भएर दोस्रो भइ पराजित भएको थियो । यस चुनावमा काँग्रेससँग चुनावी तालमेलमा सहमति नभएपछि आ–आफ्नो दलबाट चुनाव लड्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने