उम्मेदवारी दर्तापछि गोपाल हमालले भने– गठबन्धन भनेको बाँडीचुँडी खानका लागि हो
आइतबार, ११ वैशाख २०७९, १२ : ०४
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले अहिलेको गठबन्धन भनेको बाँडीचुँडी खानका लागिमात्र केन्द्रित रहेको बताएका छन् । आइतबार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्र्दै हमालले आफूले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ उम्मेदवारी दिएको जनाए ।
उनले आफूहरु टिकट नपाएर, कुनै दलसँग रुष्ट भएर वा पार्टीभित्रका उम्मेदवारलाई हराउन नभएर सिङ्गो उपमहानगरको विकासका लागि एउटा अभियानका साथ उम्मेदवार बनेको बताए । ‘मेरो प्राथमिकतामा पार्टी पर्दैन । दलबाट उम्मेदवारी दिँदा दल र कार्यकर्ता प्राथमिकतामा हुन्छ । मेरो दल नै छैन,’ उनले भने, ‘मेरो प्राथमिकतामा धनगढीवासी हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण