उम्मेदवारी दर्तापछि गोपाल हमालले भने– गठबन्धन भनेको बाँडीचुँडी खानका लागि हो
आइतबार, ११ वैशाख २०७९, १२ : ०४

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले अहिलेको गठबन्धन भनेको बाँडीचुँडी खानका लागिमात्र केन्द्रित रहेको बताएका छन् । आइतबार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्र्दै हमालले आफूले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ उम्मेदवारी दिएको जनाए ।
उनले आफूहरु टिकट नपाएर, कुनै दलसँग रुष्ट भएर वा पार्टीभित्रका उम्मेदवारलाई हराउन नभएर सिङ्गो उपमहानगरको विकासका लागि एउटा अभियानका साथ उम्मेदवार बनेको बताए । ‘मेरो प्राथमिकतामा पार्टी पर्दैन । दलबाट उम्मेदवारी दिँदा दल र कार्यकर्ता प्राथमिकतामा हुन्छ । मेरो दल नै छैन,’ उनले भने, ‘मेरो प्राथमिकतामा धनगढीवासी हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित