बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट​मा पुरुषको शव फेला, मारेर फालेको आशंका

आइतबार, ११ वैशाख २०७९, १२ : ०३
आइतबार, ११ वैशाख २०७९

रौतहटको देवाही गोनाही नगरपालिका ५ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । स्थानीय पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।

स्थानीयले उक्त शवलाई देखेर प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव कुहिएको अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि तृबी शिक्षण अस्पताल काठमाडौं पठाइएको इन्स्पेक्टर लम्सालले जानकारी दिए । पुरुषको हत्या गरेर शवलाई फालेर गएको हुनसक्ने अनुमान रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप