सुनिताको स्पष्टोक्ति : मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठुलो ठानेँ
काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी सुनिता डंगोललाई एकाएक नेकपा एमालेले उपमेयरको उम्मेदवार बनाएको छ । मेयरको उम्मेदवार बन्न आफ्नो प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेको केही दिन नबित्दै एमालेबाट उपमेयरको उम्मेदवार बनेकोमा धेरै चकित बनेका छन् ।
तर डंगोलले भने पदलाई भन्दा मेरो लक्ष्यलाई ठुलो ठान्दै एमालेबाट उपमेयर बन्न लागेको स्पष्ट पारेकी छन् । ‘ मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, सांस्कृतिक(सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठुला पार्टीसँग मेरो निरन्तर रूपमा सम्पर्क भइरहेको तथ्य प्रष्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरूलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रूपमा नेकपा(एमाले)लाई पाएँ,’ उनको भनाइ छ ।
यस्तो छ उनको भनाइ :
यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकालागि यस अघि नै मैले काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको विदितै छ । मेयर पदको मेरो घोषणालाई आम मतदाता र शुभेच्छुकले देखाएको अनन्त स्नेहले मलाई प्रफुल्लित मात्रै होइन म जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको छ । त्यति मात्रै होइन काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने मेरो सपनालाई मूर्तरूप प्रदान गर्न युवाहरु लगायत आम काठमाडौंबासीहरुको भरपर्दो साथ, सहयोग र समर्थन छ र हुनेछ भन्ने मेरो अपेक्षा पनि थप बलियो बन्दै गएको छ ।
म प्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकको लागि मैले इमान्दारितापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुड्किलो हो । मैले राजनीतिकै माध्यमबाट निकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ । मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक-सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएँ ।
वास्तवमै मेरो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिक्कै काठमाडौं बनाउने हो। त्यसैले यो पटक मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठूलो ठान्दै नेकपा(एमाले) र सो पार्टीका आदरणीय अध्यक्ष तथा शीर्ष नेतृत्व तहको म प्रतिको विश्वासलाई स-धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै म नेकपा(एमाले)को तर्फबाट उप-मेयरको उम्मेदवार बन्ने निर्णय गरेकी छु ।
नेकपा(एमाले) जस्तो दर्बिलो संगठन भएको जनतालाई मनपर्ने सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उप-मेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक-साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु, म जस्ता दक्ष महिलाहरु, सामाजिक-साँस्कृतिक अभियन्ताहरु सवैलाई गरेको सम्मान हो ।
अहिले उप-मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरुकै माया र आशीर्वादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरुले म माथि गरेको विश्वास र भरोसालाई कुठराघात गर्ने छैन । तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा(एमाले)को सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु । धन्यवाद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र प्रमुख राजनीति दलका मुख्य र प्रमुख सचेतकबिच छलफल सुरु
-
कांग्रेस नेता रमेशजङ्ग रायमाझी विवादमा
-
परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ
-
निलम्बित सचिव पाण्डेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा पेसी
-
प्रिमियर इन्टरनेसनलद्वारा लिटरेचर फेस्टिभल सम्पन्न
-
पर्स नबोकी हिँड्छन् आमिर खान ?